बुटवल । मनसुनी वायुको प्रभावका कारण आज लुम्बिनी सहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यूनचापीय रेखा सरदरभन्दा दक्षिण स्थानतर्फ अवस्थित रहेको छ।
यसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
रातिको समयमा सबै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ भने लुम्बिनी, गण्डकी, कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। भोलिदेखी भने धेरै स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी रेखा भोलिदेखि सरदर स्थानबाट उत्तरतर्फ सर्ने भएकाले भोलिदेखि नेपालका धेरै स्थानमा पानी पर्नेछ ।