बुटवल । तिलोत्तमा नगरपालिकाले नगरका निश्चित स्टेशनमा मात्रै यात्रु चढाउन र ओराल्न निर्देशन दिएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत नगर क्षेत्रमा पर्ने ६ लेन सडकमा जथाभावि बस रोकि यात्रु चढाउने र ओराल्ने गर्दा सवारी दुर्घटना बढेको भन्दै दुर्घटना न्यूनीकरण र सहरी सौन्दर्यको प्रवद्र्धनमा सघाउ पुर्याउन तोकिएको बस स्टेशनमा मात्रै सवारी ओराल्ने र चढाउने कार्य गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।
पश्चिम नेपाल बस वयवसायी संघ बुटवल र सिद्धार्थ यातायात प्रालिलाई पत्राचार गरी यस्तो निर्देशन दिएको हो ।