काठमाडौँ। सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुरामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
घटनास्थलमा अहिलेसम्म ५ जनाको शव भेटिएको र पहिचान हुन नसकेको कोशी प्रदेशका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो । प्रहरी उद्धारको काम गरिरहेको छ ।
सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर सोमबार बिहान काठमाडौंका लागि उडेको मनाङ एयरको एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको थियो । हेलिकप्टरमा पाँच जना विदेशी र एक जना नेपाली छन्।