बुटवल-एकजना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बुटवलका एकजना होटल व्यवसायी पक्राउ परेका छन्। बुटवल १३ जीतगढीमा रहेको होटल पोखरा सञ्चालक ५२ वर्षीय डम्बर बहादुर पोखरेललाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
छिमेककी १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।