काठमाडौं। कागजातहरु शङ्कास्पद देखिएको भन्दै कुवेतलगायत मुलुक जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइएको छ ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार कागजात दुरुस्त नभएपछि शङ्का लागेर यही असार २५ गते ३७, असार २७ गते १०१ र आज १८ जना गरी १५६ जनालाई फर्काइएको हो ।
उक्त कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत झङ्कनाथ ढकालले उनीहरुको भिसा परीक्षण गर्दा कतिपयको ‘वेटिङ फर एप्रुभ’ भनेको भेटिएको, कतिपयको व्यक्तिगत श्रम स्वीकृतिमा जान लागेको देखिएको तर राजदुताबासबाट श्रम स्वीकृतिको बोधार्थ प्राप्त नभएको तथा एउटा देशमा जाने भनेर कागजात पेश गरिएको तर उसको भिसा अर्कै देशको रहेको पाइएकोलगायतका समस्याहरु देखिएको बताउनुभयो ।