तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १ नयाँमिल स्थित प्यारामाउण्ट बोर्डिङ्ग स्कूलमा कक्षा ११ का विद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुलाई अध्ययन, अध्यापनको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम व्यवस्थापन संकायका संयोजक लक्ष्मण अर्यालको अध्यक्षता तथा विज्ञान संकायका संयोजक सुरज बस्यालको स्वागतमा भएको थियो । सो अवसरमा शिक्षक सुरज पन्थले विद्यालयमा अध्यापन हुने संकायको बारेमा जानकारी गराउनु भएको थियो । सो अवसरमा विद्यार्थीलाई एकआपसमा घुलमिल गराउन, विद्यार्थीको नेतृत्व शैली विकाश गर्न गणितीय खेल खेलाइएको थियो । कार्यक्रम सञ्चालन कक्षा १२ का विद्यार्थी सन्तोष अधिकारीले सञ्चालन गर्नु भएको थियो ।