काठमाडौँ । प्रतिनिधि सभामा अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० किलो सुन बरामद भएको विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।
प्रतिनिधिसभाको आजको बैठक बस्नुपूर्व राष्ट्रिय स्वतन्त्र पार्टीले विमानस्थल भन्सारबाट भएको सुन तस्करी काण्डकाका विषयमा संसदमा छलफल र सरकारको जवाफ माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको हो ।
प्रस्तावमा अवैध सुन आयात प्रकरणको विस्तृत छानबिन गर्न, भन्सार भित्रबाट नै भएका तस्करी रोक्न सरकारले बनाएको योजना र सरकारले बरामद गरेको सुनको प्रयोग के सरी गर्ने सरकारले सोचेको छ लगायतका विषयमा जानकारी गराउन सरकारको जवाफ माग गरिएको छ ।
जरुरी सार्वजनिक महत्वको प्रस्तावमा प्रस्ताव र समर्थक गरेर २० जना सांसदको हस्ताक्षर छ ।