बुटवल-बुटवल उपमहानगरपालिकाका ४ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि २८ जना कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ।
२८ जना कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर पठाइएको स्वास्थ्य शाखा प्रमुख कुन्दनकुमार सिंहले जानकारी दिए।
आइतबार बिहान ३ जना र साउन ३० मा एकजना कर्मचारीमा संक्रमण देखिएको थियो। कर्मचारीमा संक्रमण पुष्टि भएपछि उपमहानगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ।