बुटवल । लुम्बिनी विकास कोषको उपाध्यक्षमा डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) नियुक्त हुनुभएको छ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले पूर्व अर्थ राज्यमन्त्री तथा संविधानसभा सदस्य डा.खेन्पोलाई कोषको कार्यकारी उपाध्यक्षको जिम्मा दिएको हो ।
कोषको उपाध्यक्ष अवधेश कुमार त्रिपाठीको कार्यकाल साउन १० मा पूरा भएसँगै सरकारले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका लामालाई पाँच वर्षका लागि उपाध्यक्ष पदमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।
नेकपा एमालको राजनीतिबाट उदाएका लामा झलनाथ खनाल प्रधानमन्त्री हुँदा अर्थ राज्यमन्त्री बन्नुभएको थियो । दोस्रो संविधानसभाको चुनावमा उहाँ माओवादीतिर लाग्नुभयो । माओवादीले उहाँलाई समानुपातिक सांसद बनाएको थियो ।