कपिलवस्तु-कपिलवस्तुमा निषेधाज्ञाको अवधि थप गरिएको छ। यसअघि साउन २७ देखि साउन ३२ गते रातीसम्म जारी गरिएको निधेषाज्ञा थप गरेर भदौ ७ गतेसम्म पुर्याइएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले अत्यावश्यक क्षेत्रबाहेकका कुनै पनि क्षेत्र सञ्चालन गर्न नपाइने जनाएका छन्।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सूचना निकालेर निषेधाज्ञाको पालना नगरेको पाइएमा कार्बाही गर्ने जनाएको छ। कपिलवस्तुमा समुदायस्तरमा तीब्र गतिमा संक्रमण फैलिइसकेको छ भने २ जनाको कोेरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ।
