काठमाडौँ। बिहानैदेखि बदली भएको मौसम दिनभरजसो उस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका अधिकांश स्थानमा पानी पर्ने र दिउँसो कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्सहित भारी वर्षा भएको थियो । नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।