बुटवल । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी सोमबार दुर्घटनामा परेको छ । सडकमा एक्कासी आएको बच्चालाई चालकले बचाउन खोज्दा गाडी खाल्डोमा घसेको मन्त्रीका प्रेस सल्लाहकार दीपक बोहोराले जानकारी दिनुभयो ।
लु १ झ ७३८ नम्बरको गाडी तुलसीपुर उपमहानगरपालिका–१२ मा सितलपुरमा फर्किदै गर्दा गाडी दुर्घटनामा परेको हो । ‘एक्कासी बच्चा सडकमा आएपछी बचाउने क्रममा गाडी सडक छेउँको नालामा दुर्घटनामा परेको हो’ बोहोराले भन्नुभयो, ‘गाडीमा भएकाहरुको सामान्य चोटपटक लागेको छ । गाडीमा ५ जना सवार हुनुहुन्थ्यो ।’