बुटवल । मनकामना ५ नम्बर टोल बिकास सस्था बुटवल २ को आयोजनामा बिजयादशमिको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । टोल बिकास सस्थाको अध्यक्ष राम बहादुर बगालेको अध्यक्षता र वार्ड अध्यक्ष शुनिल शाक्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
२७ युनित रक्त संकलन भएको कार्यक्रम सम्योजक उपाध्यक्ष देबिकला थापाले जानकारी दिनुभयो । सो अवसरमा प्रमुख अतिथी शाक्यले मानबिय सेवाको लागि गरिएको पुन्य कामको लागि रक्तदाता र आयोजक प्रती धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा वडा सदस्य गौतमलाल शाक्य, राधाकृष्ण देउला देवीकला थापा लगायतले बोल्लनुभएको थियो । कार्यक्रमको सञ्चालन लक्ष्मी भडारीले गर्नुभएको थियो ।