तिलोत्तमा । लायन्स क्लव अफ तिलोत्तमा स्टार्सको आयोजना एवं लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर÷श्री रणअम्बिका शाह आँखा अस्पतालको प्राविधिक सहयोगमा तिलोत्तमा नगरपालिका वडा नम्बर ५ को गिर्वाण सरस्वती संस्कृत तथा साधारण मावि मणिग्राममा एक दिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।
क्लवकी अध्यक्ष लायन लक्ष्मी थापाको अध्यक्षता, लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ ए का गर्भनर पिएमजेएफ लायन अर्जुनमान सैजुको प्रमुख आतिथ्य, क्लवका दोश्रो उपाध्यक्ष लायन प्रतीक पाण्डेयको स्वागत तथा प्रथम उपाध्यक्ष लायन विना पौडेल क्षेत्रीको सञ्चालनमा कार्यक्रम भएको हो ।
शिविरमा ३५० जनाको सहभागिता रहेकोमा ५ जनालाई थप उपचारको लागि लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर÷ श्री रणअम्बिका शाह आँखा अस्पताल भैरहवा रिफर गरिएको आयोजकले जनाएका छन् । शिविरमा नेत्र अधिकृत संजीव अधिकारीले आँखा परीक्षण गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि सैंजुले सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गरेकोमा क्लवप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रम अन्य संघसंस्थाहरुले समेत गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बिधालयका प्रधानाध्यापक केदारचन्द्र पराजुली, बुटवल स्टार्सका अध्यक्ष लायन रिङ्कु लिगल, वरिष्ठ नेत्र अधिकृत सञ्जिव अधिकारी, जोन चियर पर्सन लायन गोबिन्द प्रसाद गिरीलगायतले बोल्नु भएको थियो ।