बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लुम्बिनी आउनुभएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री प्रचण्ड लुम्बिनी आउनुभएको हो।
उहाँलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले स्वागत गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, लुम्बिनीका मुख्यमन्त्री डिल्लिबहादुर चौधरी, संस्कृती पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली बिहानै लुम्बिनी पुग्नुभएको छ ।
पोखरामा रहेका महासचिव गुटेरेस त्यहाँबाट सिधै लुम्बिनी आएर आजै काठमाडौं फर्किनुहुनेछ ।
आज अपराह्न ४ बजे गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।