काठमाडौँ । न्याय परिषद्ले सर्वोच्च अदालतमा ६ जना न्यायाधिश नियुक्तिका लागि सिफारिस गरेको छ। मंगलबार बसेको परिषद्को बैठकले सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल, बालकृष्ण ढकाल र अब्दुल अजिज मुसलमानलाई न्यायाधीशका लागि नियुक्ति सिफारिस गरेको हो।
वेदी, मुसलमान, पौडेल र ढुंगाना उच्च अदालतका न्यायाधीश तथा पोखरेल र ढकाल वरिष्ठ अधिवक्ता हुनुहुन्छ । सर्वोच्च अदालतमा ७ न्यायाधीशको पद रिक्त भए पनि ६ जनाको मात्र नाम सिफारिस भएको हो।
अब उहाँहरू संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुहुनेछ ।
यसअघि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अग्रसरतामा सोमबार दिनभर छलफल भए पनि सहमति जुटेको थिएन। हालै संशोधन गरिएको न्यायपरिषद् नियमावलीले न्याय सेवाको विशिष्ट श्रेणीमा काम गरेदेखिकै कार्यकाल गणना गर्ने बाटो खोलिदिएपछि उहाँहरू वरीयतामा अगाडि आउनुभएको हो ।