रौतहट-रौतहटमा एक जना पुजारीको गोली हानेर हत्या भएको छ। रौतहटको माधवनारायण नगरपालिका -२मा रहेको हनुमान मन्दिरका पूजारी ६५ वर्षीय राम शाहको गोली प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी भरत श्रेष्ठले जानकारी दिए।
राती करीब ९ बजे मन्दिरमा खाना खाँदै गरेका उनीमाथि गोली प्रहार भएको उनले बताए। अज्ञात व्यक्तिले कन्चटमा गोली प्रहार गरेर भागेको प्रहरीले बताएको छ।
प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ।