कपिलवस्तु-कपिलवस्तुमा आइतबार ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमध्ये ७ जना प्रहरी हुन्।
स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार वाणगंगा ८ र ९ का १-१ जना, मायादेवी र शुद्धोधनका १-१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए।