लुम्बिनी । नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनले बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् ।
लुम्बिनी प्रदेशको नवलपरासी जिल्लामा रहेको पहिलो ४०० केभी विद्युत् सबस्टेसनको एमसीए–नेपालको हस्ताक्षर समारोहमा सहभागी हुन आएका राजदूत थम्पसनले शुक्रबार लुम्बिनीको भ्रमण गर्नुभएको हो । राजदुत थम्पसनलाई लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले स्वागत गर्नुभयो ।
उक्त अवसरमा अमेरिकी दूतावासका प्रवक्ता जेहरा नक्भीको पनि उपस्थिती थियो । राजदुत सहितको टोलीले शान्ति दीप, मायादेवी मन्दिरको दर्शन, पुष्करणी पोखरी तथा अशोक स्तम्भको अवलोकन गर्दै जानकारी समेत लिनुभएको थियो ।
टोलीलाई कोषका जनसम्पर्क अधिकृत डा.हरिध्वज राईले बुद्धजन्मस्थल लुम्बिनीको बारेमा राजदुत थम्पसनलाई जानकारी गराउनुभएको थियो । उक्त अवसरमा सदस्य सचिव शाक्य, जनसम्पर्क अधिकृत डा. हरिध्वज राइ, सूचना अधिकृत राजन बस्नत लगायतको उपस्थिति रहेको थियो ।