बुटवल । दाङमा ट्रकले ठक्कर दिँदा एकजना व्यवसायीको मृत्यु भएको छ ।
राप्ती गाउँपालिका–१ भालुबाङ्ग चोकमा पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ट्रकले मंगलबार बिहान ठक्कर दिँदा स्थानीय फलफूल व्यवसायी ५० बर्षिय लोकप्रसाद भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भट्टराईको मृत्यु भएपछि आक्रोशित स्थानीय र आफन्तले कारवाही र क्षतिपूर्तिको माग राख्दै पुर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।