अर्घाखाँचीमा पहिरोले गोठ पुरिँदा एक जनाको मृत्यु
अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा पहिरोले गोठ पुरिँदा एक जनाको मृत्यु भएको छ । आज बिहान परेको अबिरल वर्षाका कारण शितगंगा नगरपालिका वडा नम्बर १३, सिमलपानीमा गोठमाथिबाट खसेको पहिरोले पुरिँदा ३५ वर्षिय बिष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
पहिरो खस्न थालेपछी पशुचौपाया फुकाउन गोठमा पसेका थापालाई पहिरोले च्याँप्दा घटनास्थलमै थापाको मृत्यु भएको हो । गोठमा थापासँगै एक भैंसीको पाडो र दुई बाख्रा समेत च्याँपिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा अहिले उद्धार तथा व्यवस्थापनको काम चलिरहेको वडाअध्यक्ष दुर्गा बहादुर बिसीले बताउनुभयो।