भैरहवा–स्वास्थ्य कार्यालय रुपन्देहीले सिद्धार्थनगरमा कोरोना भाइरस संक्रमितहरुको संख्या शुक्रबार दिउसो साढे ३ बजे सम्म एक सय २२ पुगेको बताएपनि सिद्धार्थनगर नगरपालिकाले ४ बजे सम्म एक सय १८ जना मात्र संक्रमित रहेको तथ्याङक सार्वजनिक गरेको छ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसीराम मरासिनीले नगरपालिका क्षेत्र भित्र ४३ महिला र ७५ पुरुष गरी कुल एक सय १८ जना संक्रमित पुष्टि भएको बताए। ४ जना सिद्धार्थनगरका भएपनि कुन वडाका हुन् भन्ने पुष्टि नभएपनि अन्य १ सय १४ जना सिद्धार्थनगरका १२ वटा वडाका नागरिक हुन्।
‘वडा नम्बर ११ मा भने अहिले कुनै पनि संक्रमित छैनन’–प्रमुख प्रशासकिय अधिकृत मरासिनीले लुम्बिनी टाइम्ससँग भने।
भदौ १ गते ६२ जना संक्रमित रहेको सिद्धार्थनगरमा अहिले सो संख्या बढेर ११८ पुगेको छ। आज मात्रै सिद्धार्थनगरका १८ जना संक्रमित थप भएका छन्।
वडा नम्बर ६ मा ११, वडा नम्बर ८ मा ५, वडा नम्बर २ र ३ मा १/१ जनामा आज संक्रमण पुष्टि भएको छ।
सिद्धार्थनगरका संक्रमितमध्ये हाल सम्म २२ जना डिस्चार्ज भएका छन्, ६२ जना होम आइशोलेशन, २४ जना होटल आइशोलेशनमा र १० जना अस्पतालमा उपचाररत छन्।
अहिले सक्रिय संक्रमित ९६ जना भएपनि अस्पतालमा उपचाररत वडा नम्बर १ का ५ जना, वडा नम्बर ३ का ३ जना, वडा नम्बर ६र ८ का १÷१ जना रहेको सिद्धार्थनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख उमा थापाले जानकारी दिइन।
एक जना बुटवल स्थित कोरोना विशेष अस्पताल धागो कारखाना, २ जना भिम अस्पताल र ७ जना युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचाररत छन्।
‘अहिले सबैको स्वास्थ्य अवस्था सामान्य नै छ, सबै संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा छन्’–स्वास्थ्य शाखा प्रमुख थापाले बताइन्–हामीले स्वास्थ्यमा समस्या आउनासाथ समन्वय र सहयोग गरिरहेका छौ, विरामीको समस्या अनुसार सम्बन्धित विशेषज्ञ डाक्टरहरुसँग परामर्श गर्ने, घर घरमा आवश्यकता अनुसारको औषधी पुर्याउने व्यवस्था गरेका छौ ।’
रातीमा अकस्मात बिरामी ओसारपसार गर्न एम्बुलेन्स उपलब्ध नहुने समस्या रहेको थापाले बताइन्।
समुदाय स्तरमा संक्रमण फैलिएपछि नगरपालिकाको स्वास्थ्य टिमले ट्रेसिङ्ग गरी सम्पर्क व्यक्रिहरुलाई परिक्षणको दायरामा ल्याउने काम गरिरहेको छ। नगरपालिको वडा नं. ८ मा सबै भन्दा बढि संक्रमित ३५ जनामा संक्रमण देखिएको छ।
त्यसैगरी वडा नम्बर १ मा ११ जना, वडा २ मा ८, वडा ३ मा ८, वडा ४ मा १२, वडा ५ मा १, वडा ६ मा १६, वडा ७ मा ३, वडा ९ मा ७, वडा १० मा २, वडा १२ मा ९ र वडा नम्बर १३ मा २ जना संक्रमण देखिएको छ।