बुटवल-गुल्मी जिल्ला प्रशासनले गुल्मी जानका लागि पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने शर्त लगाएको छ। कोरोना भाइरसको संक्रमण रुपन्देही र कपिलवस्तुबाट गुल्मीमा जानसक्ने भन्दै गुल्मी प्रशासनले पीसीआर रिपोर्ट नेगेटिभ नभए १० दिन क्वारेन्टिन राख्ने जनाएको हो।
कोरोना भाइरसको जोखिमलाई कम गर्नका लागि जिल्लामा भित्रिने सीमा नाकाहरु, रिडी, हर्मिचौर, पुर्तिघाट, वामी, नेटा, सौतामारे लगायतका स्थानहरुबाट प्रवेशमा कडाई गरिएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए।
प्रशासनले बजार खुल्ने समयमा पनि हेरफेर गरेको छ। दुग्ध व्यवसाय बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म, मासु, तरकारी र फलफूल पसलहरु बिहान ७ देखि साँझ ५ बजेसम्म, अन्य पसल तथा उद्योगहरु बिहान १० देखि साँझ ५ बजेसम्म खुल्न पाउने प्रशासनको आदेशमा उल्लेख छ।

