बुटवल-रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सोह्रश्राद्ध भर्चुअल माध्यमबाट गर्न आह्वान गरेको छ। नगरमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि श्राद्ध गर्ने/गराउने काम भिडियोबाट गर्न आह्वान गरेको हो।
एकजना पूरोहित श्राद्ध गराउन धेरै ठाउँमा जानुपर्ने भएको र त्यसरी कोरोना भाइरसको संक्रमण तीब्र हुने सम्भावना भएकोले भिडियो कलमार्फत श्राद्ध गर्न/गराउन नगरपालिकाले आह्वान गरेको हो।
नगरपालिकाले सूचना निकालेर सोह्रश्राद्ध कार्यमा आफन्त, छरछिमेकी, ईष्टमित्र, बन्धुबान्धवलाई आमन्त्रण नगरी परिवारका सदस्यहरु मात्रै सामेल हुने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ। नगरपालिकाले जन्म, न्वारान, व्रतबन्ध, विवाह, मृत्युसंस्कार जस्ता कर्म पनि पारिवारिक रुपमा गर्न भनेको छ।
प्रत्येक वर्ष आश्विन कृष्ण पितृपक्षमा गरिने श्राद्ध यस वर्ष भदौ १७ गतेबाट सुरु हुदैँछ।
