नेपालगञ्ज-बाँकेमा एक मौलानाले झारफुकको बहानामा दुई युवतीलाई बलात्कार गरेका छन्।
पीडितकाे उजुरीका आधारमा जिल्लाको डुडुवा गाउँपालिका-५ कम्मरजँहास्थित मजारमै बोलाएर बलात्कार गर्ने ४० वर्षीय नजिर महमदलाई पक्राउ गरिएको बाँके जिल्ला प्रहरी प्रमुख, एसपी ओमबहादुर रानाले जानकारी दिए।
उनले स्थानीय २८ र ३० वर्षीया दुई महिलालाई झारफुक गर्ने बहानामा बुधबार मजारमै बोलाई जबर्जजस्ती करणी गरेको अभियोग लागेको छ।
बाँके जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डीएसपी सुवास खड्काका अनुसार घटना भदौ १० गते (बुधबार) राति १२ बजे भएको हो।
‘उनलाई हामीले हिजो (शुक्रबार) पक्राउ गरी मुद्दासमेत दर्ता गरिसकेका छौं,’ एसपी रानाले शनिबार भने।
-यसअघि आवधानीवस् मन्दिर र पुजारी उल्लेख हुन गएकोमा सच्याइएको छ। -सं.