दाङ-स्वास्थ्यकर्मीमा काेराेना भाइरसको संक्रमण पुष्टि भएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर सिल गरिएको छ।
२ चिकित्सक सहित ६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पोजेटिभ आएपछि तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल सिल गरिएको हाे। अस्पताल विकास समितिको आपतकालिन बैठकले यस्तो निर्णय गरेको अध्यक्ष पदमप्रसाद न्यौपानेले जानकारी दिए।
‘शनिवार बेलुका ६ बजेदेखि अर्को सूचना जारी नगरेसम्म सिल गर्ने निर्णय भएको छ-अध्यक्ष न्यौपानले भने-अस्पताल र अस्पताल परिसरको ५० मिटर क्षेत्रभित्र सिल गरिएको छ।'