बुटवल-रुपन्देहीको सैनामैना नगरपालिकामा आईतबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये १ जना क्वारेन्टिनमा बस्दै आएका हुन् भने अरु सबै समुदायस्तरबाट गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको सैनामैना नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख हेमराज पन्थीले जानकारी दिए।
त्यसमध्ये सैनामैना नगरपालिका वडा नंं २ मा १ जना, वडा नं. ३ मा १ जना, वडा नं. ४ मा ३ जना, वडा नं. ६ मा १ जना, वडा नं. ९ मा १ जना हुन्।
योसँगै सैनामैनामा ५४ जना कोरोना संक्रमित भएका छन्। जसमध्ये ४४ जना संक्रमणमुक्त भएका छन्। समुदायस्तरमा कोरोना देखिएपछि नगरपालिकाले भदौ २० गतेसम्म निषेधाज्ञा लगाउने निर्णय समेत गरेको छ।