बुटवल-बुटवल उपमहानगरपालिकामा बिहीबार थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार योसँगै बुटवलमा कुल संक्रमितको संख्या १०७२ जना पुगेको छ। बुटवलमा ४५५ जना सक्रिय संक्रमित रहेका छन्।
बुटवलको वडा नं १ मा १, २ मा २, ३ मा ४, ४ मा ५, ५ मा १, ६ मा ३, ७ मा ७, ८ मा ७, ९ मा ३, १० मा ३, ११ मा १९, १२ मा ३, १३ मा ३, १५ मा १ जनामा संक्रमण पुष्टि भएको छ।