बुटवल-कपिलवस्तुमा आधा किलो सुनसहित दाजुबहिनी पक्राउ परेका छन्। प्रहरीले कपिलवस्तुको मायादेवी गाउँपालिका-५ बनकछियाबाट आधा किलो सुन बरामद गरेको हो।
विशेष सूचनाका आधारमा कपिलवस्तुबाट भारततर्फ लादै गरेको आधा किलो सुनसँगै प्रहरीले ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी बहिनी १५ वर्षीया महिमा गुप्तालाई पक्राउ गरेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
कपिलवस्तुबाट लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गरेका दाजु बहिनीको साथबाट आधा किलो सुन बराबद भएको उनले बताए।
बरामद सुन र पक्राउ परेका दाजुबहिनीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तौलिहवा ल्याइएको छ।