बुटवल-प्रदेश ५ सरकारले स्थायी राजधानी दाङमा बनाउने प्रस्तावमाथि पुनर्विचार गर्न रुपन्देहीको तिलोत्तमा नगरपालिकाले माग गरेको छ।
तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले विज्ञप्ति निकालेर भनेका छन्-'प्रदेश ५ सरकारले स्थायी राजधानी दाङमा राख्ने प्रस्ताव प्रदेश सभामा पेश गरेको विषयप्रति तिलोत्तमा नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ, प्रदेश सरकार गठन भएयता हालसम्म बुटवल क्षेत्रमा राजधानीको सन्दर्भमा भए/गरेका तयारी, भौतिक पूर्वाधारमा राज्य कोषबाट गरिएको व्ययभार, सामुदायिक संघ–संस्थाहरुले पुर्याएको योगदान र यस क्षेत्रका बासिन्दाहरुको भावना विपरीत हठात् राजधानी सार्ने प्रस्ताव प्रदेश सभामा पेश गरिएको विषयले हामीहरु दुखित भएका छौं।'
उनले विज्ञप्तिमार्फत राजधानी सार्ने प्रस्तावमा पुनर्विचार गर्दै जनभावनाको कदर गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन्।
आज शुक्रबार दिउसो प्रदेश सरकारले प्रदेश सभा बैठकमा प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेको छ।
मिति ः २०७७।०६।१६ गते प्रेस विज्ञप्ति प्रदेश ५ सरकारले स्थायी राजधानी दाङमा राख्ने प्रस्ताव प्रदेश सभामा पेश गरेको...
Posted by Tilottama Municipality on Friday, October 2, 2020