अर्घाखाँची-अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीसहित सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापा, प्रमुख जिल्ला अधिकारीका सवारी चालक, सुरक्षा गार्ड, स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय बराललाई कोरोना पुष्टि भएको हो।
उनीहरूसहित एक सुरक्षाकर्मी र एक स्वास्थ्यकर्मी गरी सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिए।
यही ६ असोजमा परेको अविरल वर्षाका कारण जिल्लाको विभिन्न ठाउँमा भएको विपद् व्यवस्थापन उद्दार राहत र पुनःस्थापनामा खटिएकै अवस्थामा स्वास्थ्यमा समस्या आएपछि प्रमुख जिल्ला अधिकारीलगायत १० जनाको स्वाब गुल्मी प्रयोगशालामा पठाइएको थियो।
त्यसमध्ये सात जनामा कोरोना देखिएको जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए।