बुटवल-प्रदेश ५ को राजधानी सार्ने प्रस्ताव फिर्ता लिन बुटवल उद्योग वाणिज्य संघले माग गरेको छ। उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले विज्ञप्ति निकालेर सत्तारुढ दलभित्रको शक्ति संघर्षको शिकारमा प्रदेश राजधानी परेको बताएका छन्।
विज्ञप्तिमा भनिएको छ-कोरोना भाइरसको महामारीसँग आम नागरिक जुधिरहेको मौका छोपेर जनताको आवाज दबाउने गरी घुमाउरो बाटोबाट प्रदेशको राजधानी अन्यत्रै सार्ने प्रदेश सरकारको षड्यन्त्र जो कसैलाई बुझ्न गाह्रो छैन।'
संघले सरकारको कदमप्रति निन्दा र भ्रत्सर्ना गर्दै निर्णय फिर्ता लिन आग्रह गर्दै भनेको छ-संघको विनम्र आग्रहलाई कमजोरी नठान्न र राजधानी सार्ने निर्णय फिर्ता नगरे निर्णायक आन्दोलनको समेत चेतावनी दिन चाहन्छौं।'