बुटवल-प्रदेश ५ को राजधानी सार्ने निर्णयको विरुद्धमा नेपाली कांग्रेस रुपन्देहीले भोलि आइतबार रुपन्देही बन्दको आह्वान गरेको छ। बुटवलमा शनिबार कांग्रेसका प्रदेश सांसदसहित बसेको बैठकले प्रदेश सभा घेराउ गर्ने, रुपन्देही बन्द गर्ने र राँके जुलुस प्रदर्शन गर्ने निर्णय गरेको कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी दिए।
बैठकले विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै युवा, विद्यार्थी तथा उद्योगी व्यवसायीहरुलाई साथ दिन आह्वान गरेको छ। बैठकले नेकपा सांसदका घर अगाडि कालो झण्डा राखेर प्रदर्शन गर्ने जनाएको छ।