भैरहवा - रुपन्देहीको भैरहवामा रहेको भिम अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। तिलोत्तमा नगरपालिका १४ का ८४ वर्षिय पुरुषको उपचारको क्रममा आज विहान साढे ९ बजे मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुमित प्रजापतीले जानकारी दिए। स्वाश फेर्न गाह्रो भएपछि मंसिर १० गते उनी अस्पताल आएका थिए। पिसिआर परिक्षणको क्रममा सोही दिन कोरोना संक्रमण पुष्टी भएको थियो । ति पुरुष पथ्थरीको समेत समस्या रहेको डा. प्रजापतीले जानकारी दिए।