नेपाली कांग्रेसले आज देशव्यापी प्रदर्शन गर्दै छ । पार्टीको निर्णय अनुसार ७७ वटै जिल्लामा विरोध प्रदर्शन सुरु हुँदै छ । वर्तमान सरकारले गरेको भ्रष्टाचार, अधिनायकवाद र जनताको भावनाविपरितका काम गरेको कांग्रेसको आरोप छ ।
कोरोनाको नियन्त्रणको नाममा भएको अनियमितता र अध्यादेशको मुद्दा पनि काँग्रेसले सडकमा उठाउने भएको छ । तनहुमा पुल उद्घाटनको क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध प्रशासनले गरेको दुर्व्यवहार तथा पक्राउलाई प्रदर्शनको मुद्दा बनाइएको छ ।
रुपन्देहीको भैरवामा पनि केही बेरमा प्रदेर्शन सुरु हुने कांग्रेस प्रदर्शन गर्दै छ । भैरहवाका विभिन्न स्थानको परिक्रमा पछि सभामा परिणत हुने प्रर्दशनलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डे र नेता भरतकुमार शाहले सम्बोधन गर्ने कार्यक्रम छ ।
सभापति शेरबहादुर देउवा मकवानपुरको हेटौंडा र वरिष्ठ नेता रामचन्द्र पौडेले काठमाडौँको विरोध प्रदर्शन सहभागी हुँदैछन्। यस्तै उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री शशांक कोइराला, विराटनगर, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको विरोध प्रदर्शनमा सम्बोधन गर्ने छन्।
सहमहामन्त्री प्रकाशशरण महत झापा, पूर्वउपसभापति तथा संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषा, अर्जुननरसिंह केसी पोखरा, रामशरण महतले चितवन, चन्द्र भण्डारी नुवाकोट र गगन थापाले कैलालीको विरोधसभाको नेतृत्व गर्ने नेपाली कांग्रेसले जनाएको छ ।