काठमाडौँ- सरकारले मंगलबार ल्याएको अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट हिजो ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ जारी भएको थियो। उक्त अध्यादेश संविधानसँग बाझिएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले आज रिट दायर गरेका हुन्।
रिटमा अध्यादेश संविधानसँग बाझिएकाले अमान्य र बदर घोषित गरी उत्प्रेषण, प्रतिषेध लगायत उपयुक्त आदेश माग गरिएको छ। रिटमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारलाई विपक्षी बनाइएको छ ।