बुटवल-नेपाल जेसीजको ४७ औं राष्ट्रिय महाधिवेसन रुपन्देहीको भलवारीमा सुरु भएको छ। भलवारी जेसीजको आथित्यतामा सुरु भएको महाधिवेसनको केही वेर अघि नेपाली कांग्रेसका महामन्त्री शासंक कोइरालाले उद्घाटन गरेका हुन्।
महाधिवेसनमा देशभरका १ सय ५६ शाखाका प्रतितिधिहरु सहभागी रहेको सैनामैना जेसिजका संस्थापक अध्यक्ष रामप्रसाद अधिकारीले बताए। महाधिवेसनले वर्ष २०२१ का लागि नयाँ नेतृत्व चयन गर्ने छ ।
जेसीजको राष्ट्रिय अध्यक्षको लागि चितवनका अरुणेश्वर खनाल, दाङका लालमणी भण्डारी र नुवाकोटका रविन पोखरेलबीच प्रतिस्प्रधा हुने छ । त्यसै गरी राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष, राष्ट्रिय उपाध्यक्ष लगायतको कार्यसमिति सदस्यको लागि निर्वाचन हुने छ। मतदान कार्यक्रम भने पर्सि शुक्रबार हुने छ।