बुटवल-रुपन्देहीमा एक युवतीको करेन्ट लागेर मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १३ कालीदह बस्ने २३ वर्षकी सम्झना चाँइको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।
आफ्नै घरको कोठामा अचानक करेन्ट लागि आगलागी भई मृत्यु भएको भनी मृतकका आफन्तले प्रहरीलाई खबर गरेका थिए ।
सम्झनाको शव पलङमा जलेको अवस्थामा रहेको, दराज भित्रको कपडा, सुत्ने ओछ्यान लगायतका बस्तुहरू जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी एवं प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाले जानकारी दिए ।