भैरहवा- सत्तारुढ नेपाल कम्युनिष्ट पाटी नेकपाका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले लोकतान्त्रीक व्यवस्था माथि गम्भिर संकट पैदा भएकोले चुनौती सामाना गनुपर्ने बताएका छन । भैरहवा विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले विधि अनुसार नचलेमा लोकतान्त्रीक गणतन्त्र रक्षाको लागि चुनौति हुने बताए।
गुरुङले एकाधिकारवादी सोच, संकृण चिन्तन र फरक मतलाई निषेध गर्ने प्रवृत्ती रहेसम्म पार्टी भित्र विबाद रहिरहने उल्लेख गरे। फरक मतलाई निषेध गरिएका कारण अहिलेको विवाद आएको भन्दै उनले भने ‘बिवाद समाधानको लागि बहस र अन्तरक्रिया चलिरहेको छ यसलाई सकारात्मक रुपमा लिनु पर्छ।’
बैचारिक समस्या हल गर्दै विचारधाराको क्षेत्रमा नयाँ उचाईमा एकता पैदा गर्न अहिलेको बहशले मद्धत गर्ने प्रमुख सचेतक गुरुङले बताए ।