काठमाडौँ,- सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राईलाई सिफारिस गरेको छ। अध्यादेश जारी भएपछि बसेको मंसिर ३० गतेको संवैधानिक परिषद्को बैठकले पूर्व सचिव राइलाई प्रमुख आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको हो ।
अन्य संबैधानिक निकायहरुमा पनि नियुक्ती भएको बताइएको छ । सो निर्णय संसद सचिवालयमा दर्ता भएको छ। राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरिसकेको अवस्थामा अब संसदीय सुनुवायी भने हुने छैन। ४५ दिन सम्म पनि सुनुवायी नभएमा नियुक्तीको बाटो खुल्ने छ।