काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहले निर्वाचन प्रक्रिया रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । सर्वोच्चमा मुद्धा विचाराधीन रहेकाे भन्दै आयोगको कार्यालयमै पुगेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका शीर्ष नेताहरुले निर्वाचनको प्रक्रिया रोक्न माग गरेका हुन्।
आयोगका पदाधिकारीहरुले भने मतदाता नामावली संकलन रोकेर मतदान केन्द्र निर्धारणको काम मात्र भएको जवाफ दिए । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा भंग गरेर वैशाख १७ र २७ मा चुनावको घोषणा भएको छ। तर संसद विघटनको विरुद्धमा एक दर्जन रिट सर्वोच्च अदालतमा विचाराधीन छ ।