काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहको स्थायी कमिटी बैठक आज बस्दै छ। दिउसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूह सडक संघर्षमा उत्रिएको छ।
पार्टीले घोषणा गरेको दोस्रो चरणका संघर्षका कार्यक्रमहरु जारी रहेकै बेला स्थायी कमिटीको बैठक बस्न लागेको हो। बैठकमा आन्दोलनका कार्यक्रमहरुका साथै कार्यकर्ता भेला, प्रशिक्षण तथा सभा समारोह लगायतका कार्यक्रमको समीक्षा गर्नुका साथै आगामी योजनाको बारेमा छलफल हुने बताइएको छ।