बुटवल - नेपाल पत्रकार महासंघ रुपन्देहीको साधरणसभा सुरु भएको छ। बुटवलको मिलनचोक स्थित सिद्धार्थ कटेजमा साधारण सभा सुरु भएको हो।
साधारण सभामा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य प्रमुख अतिथीको रुपमा सहभागी छन्। साधरणसभामा सचिव र कोषाध्यक्षको प्रतिवेदन पेश हुनेछ ।
कार्यक्रममा महासंघका पूर्व अध्यक्ष, सल्लाहाकार, रुपन्देहीका विभिन्न संघसंस्था प्रतिनिधि एंव साधरण सदस्यहरुको सहभागिता रहेको छ।