कपिलबस्तु- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले गरेको आम हड्तालको प्रभाव कपिलवस्तुमा पनि परेको छ। बजार क्षेत्रमा केही अटो रिक्सा र फाट्टा फुट्ट निजी गाडी बाहेक अरु चलेका छैनन।
विहान प्रहरीले डेढसय जति गाडी स्कर्टिङ गरेर जिल्ला पार गराएको छ। दाङको सिमानाबाट रुपन्देहीको सिमानासम्म मालबाहक ट्रक, रात्री बसहरुलाई स्कटिङ गरेर पार गराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलबस्तुका प्रमुख प्रहरी निरिक्षक दिलिप क्षेत्रीले बताए। त्यसै गरी पूर्वबाट पश्चिम पनि त्यसरी नै स्कर्टिङ गरिएको थियो।
विहान ५ बजेबाट ३ पटक स्कर्टिङ गरिएको फेरि पनि स्ट्याण्डबाइ बसेको उनले जानकारी दिए। तर दिउसो सडकमा गाडी निस्कीएका छैनन। बन्दको कारण सदरमुकाम तौलिहवा, चारनम्बर जीतपुर, गोरुसिंगे, चन्द्रौटा, कृष्णनगर लगायतका बजारहरु सुनसान छन् ।