काठमाडाैँ- संवैधानिक आयोगहरुमा भएकाे नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश कुमार प्रसाद रेग्मीको एकल इजलासले सरकारसँग १५ दिनभित्र लिखित जवाफ पेश गर्ने गरी कारण देखाउ आदेश जारी गरेकाे हो।
विभिन्न आयोगहरुमा नियुक्ती भइ संबैधानिक आयोगका सदस्यहरुको बुधबार सपथग्रहण भएको थियो । नियुक्तिविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा यही माघ २० गते सर्वोच्चमा दायर गरेका थिए।
रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र संवैधानिक परिषदलाई विपक्षी बनाइएको छ।