काठमाडाैँ- सोनाम ल्होसारको अवसरमा सरकारले माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। तामाङ समुदायले ल्होसार पर्वलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन्।
सरकारले तीन वर्षअघि सोनाम ल्होसारलगायतका विभिन्न चाडपर्वमा दिइँदै आएको सार्वजनिक बिदा कटौती गरेको थियो । तर यो वर्ष विदा दिने निर्णय गरेको हो।