काठमाडाैँ- प्रतिनिधि सभाका सदस्यहरुले पुस यता संसद नचलेको अवस्थाको तलब पनि एक मुष्ट पाउने भएका छन्। पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा प्रतिनिधी सभा विघटन भएको थियो । मंगलबार सर्वोच्च अदालतले विघटनको निर्णय बदर गरेको थियो ।
प्रतिनिधि सभा विघटन भएपछि सांसदहरुले पुसको ५ दिनको मात्र तलब पाएका थिए। संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पुसको बाँकी अवधिको र माघ तथा फागुनको तलब सांसदहरूको खातामा जम्मा हुने बताए ।
सांसदहरूको तलब मासिक ५५ हजार २ सय ३० रुपैयाँ छ। प्रमुख प्रतिपक्षी दलका नेता, समितिका सभापति र दलका सचेतकलगायतको केही बढी छ।