काठमाक्डाैँ- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप लगाएका छन्। महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीले खोप लगाएर दाेस्राे चरणकाे खाेप अभियानकाे सुरुवात गरेका हुन्।
खोप लगाएको केही समयमै खोप केन्द्रबाट निस्किसकेका प्रधानमन्त्री ओलीले खोप लगाएर कोरोना पराजित गर्ने अभियान सफल बनाउन सबैलाई आग्रह गरेका छन् ।

यसअघि आजै बिहान सशस्त्र प्रहरी अस्पताल बलम्बुमा पुगेर गृहमन्त्री रामबहादुर थापाले पनि खोप लगाएका छन्।सरकारले आजदेखि ६५ वर्ष उमेर पुगेका नागरिकलाई खोप लगाइरहेको छ।
दोस्रो चरणको अभियानअन्तर्गत आजदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने छ। यस्तै हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिनेछ। दोस्रो चरणमा करिब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने उनले बताए । खोप अभियान छ हजार खोप केन्द्रबाट सञ्चालन हुनेछ।
यसअघि गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो। पहिलो चरणमा चार लाख २९ हजारलाई खोप प्रदान गरिएको थियो।