बुटवल- मानव अधिकार तथा शान्ति समाजको केन्दीय केन्द्रीय सभापितमा रुपन्देहीका गोविन्द खनाल चयन भएका छन्। पोखरामा भएको समाजको २३ औं राष्ट्रिय परिषद् बैठकले खनालको नेतृत्वमा नयां कार्यसमिति चयन गरेको हो । समितिको बरिष्ठ उपसभापति शुशील बस्नेत, उपसभापति कृष्ण बहादुर रावल, महिला उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिब रामकृष्ण बराल,कोषाध्यक्ष जगन्नाथ पुडासैनी चयन भएका छन् ।
समाजको लुम्बिनी सचिवमा रुपन्देहीकै मिना ढकाल चयन भएकी छन्। त्यस्तै सचिव तर्फ १ मा बिकास थापा, प्रदेश २ मा अमर बहादुर गौतम, बाग्मती प्रदेशमा बाबुहरी आचार्य, गण्डकी प्रदेशमा धिरज थापा, कर्णाली प्रदेशमा पुष्पा मल्ल,सचिब सुदुरपश्चिम प्रदेशमा मदन कुवर चयन भएका छन्। त्यस्तै समावेशी सचिवहरुमा आदीबासी जनजाती तर्फ रामप्रसाद जोशी, दलितमा निर्मल नेपाली, मधेशीबाट बन्दना सिंह र महिला सचिब नम्रता खरेल चयन भएका छन्।
त्यस्तैगरि ४ महिला सदस्यमा निर्मला सुबेदी, सरस्वती कुमारी नेपाली, सुमित्रा बन्जरा र सरस्वती ढकाल चयन भए भने ६ जना खुला सदस्यहरुमा लक्ष्मीनारायण मिश्र, चन्द्रमणी बन्जरा, बिष्णु भुसाल,माधब प्रसाद गौतम, सन्तोष रौनियार र दिलबहादुर कार्की चयन भएका छन् ।
नव निर्वाचित सभापति गोबिन्द खनालले मुलुकमा लोकतन्त्र र मानव अधिकारको अबस्था कमजोर भएको अवस्थामा समाज थप क्रियाशील हुने बताए । उनले सबैलाइ समेटेर अघि बढ्ने बताए । खनालले विश्वलाइ आणबिक अस्त्ररहित बनाउनुपर्नेमा जोड दिए।