बुटवल । रुपन्देहीको तिलोत्तमामा एकै ठाउँमा पाँच सवारी ठोकिएका छन् । मंगलबार तिलोत्तमा–१ ड्राइभरटोल स्थित जनसेवा क्लब अगाडि आज दिउँसो भएको उक्त दुर्घटनामा परी एक जना घाइते भएका छन् ।
लु २ च ८४७२ नम्बरको पिक अप गाडीले लु १ च ११३ नम्बरको छोटा हात्तीलाई ठक्कर दिई उक्त गाडी पल्टिँदा सो गाडीका चालक घाइते भएको घटना स्थलमा खटिएका एक ट्राफिक प्रहरीले जानकारी गराए । दुर्घटनामा परी घाइते भएका चालकलाई उद्धार गरी उपचारका लागि क्रिमसन अस्पताल लगिएको छ ।
बुटवलबाट भैरहवातर्फ जाँदै गरेको ग १ ख ५८५८ नम्बरको मिनि ट्रकले ब्रेक लगाउँदा सोही दिशाबाट आउँदै गरेकोे लु १ च ५८४० नम्बरले पिकअप गाडीले ठक्कर दिएको थियो । त्यसैगरी सोही घटनामा लु १ ब २५५६ नम्बरको सरकारी स्कूटी पनि ठोक्किएको छ । पिक अप र स्कूटीमा भने सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । पुर्याइएको प्रहरी जानकारी गराएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।